नियम २२०
आय व्यय ठीकस“ग भएको छ भन्ने कुरामा विश्वस्त हुन ध्यान दिनु पर्ने
(१) अधिकार प्राप्त अधिकारीले रकम खर्च गर्न निकासा दिंदा वा खर्च गर्दा नियमितता,मितव्ययिता, कार्यदक्षता, प्रभावकारीता र औचित्यता समेतलाई ध्यान दिई देहाय बमोजिम भएको कुरामा विश्वस्त हुनुपर्छ ः–
(क) विभिन्न शीर्षक तथा उपशीर्षकमा स्वीकृत भएका रकम तोकिएका सेवा तथा कार्यका निमित्त स्वीकृत सीमाभित्र रही सोही प्रयोजनको
लागि खर्च भएको,
(ख) आर्थिक कारोवार यस नियमावली बमोजिम भएको र सो कारोबारको प्रमाण पुगेको,
(ग) यस नियमावली बमोजिम तोकिएको ढा“चा अनुरुप लेखा राखिएको, त्यसले आर्थिक कारोबारको यथार्थ चित्रण गरेको,
(घ) सम्पत्तिको लगत दुरुस्त र अद्यावधिक भएको र सम्पत्तिको सुप्रबन्ध र संरक्षण भएको,
(ङ) नगदी, जिन्सी तथा अन्य सम्पत्ति समेतको हानी नोक्सानी र दुरुपयोग हुन नपाउने गरी आन्तरिक नियन्त्रणको व्यवस्था भएको र त्यसको
अनुृशरण गरिएको,
(च) आम्दानी र धरौटी समेतको लेखा ठीकस“ग राखिएको र असूल तहसिल गर्ने र लेखा राख्ने तरिकाको पर्याप्त पालना गरिएको,
(छ) कार्यालयको संगठन, व्यवस्थापन तथा कार्य विभाजन समुचित रुपमा भएको र सो अनुसार कार्य सञ्चालन भएको,
(ज) कुनै काम अनावश्यक रुपमा दोहोरो हुने गरी विभिन्न कर्मचारी वा निकायबाट नगरिएको र आवश्यक काम गर्न नछुटाएको,
(झ) उपलब्ध स्रोत, साधन तथा सम्पत्तिको समुचित उपयोग भएको र हानी नोक्सानी नहुने गरी सम्भार तथा संरक्षणको उचित व्यवस्था
गरेको,
(ञ) कार्यक्रम अनुसार निर्धारित समयभित्र प्रगति तथा कामको गुणस्तर र परिमाण सन्तोषजनक भएको,
(ट) कार्यालयको उद्देश्य र नीति स्पष्ट रहेको र निर्दिष्ट उद्देश्य तथा नीति अनुरुप कार्यक्रम तयार भएको,
(ठ) स्वीकृत लागत खर्चको सीमाभित्र रही कार्यक्रम सञ्चालन गरिएको र लागतको तुलनामा प्राप्त प्रतिफल मनासिब भएको,
(ड) लक्ष्य प्रगति तथा लागत खर्चको आंकडा राख्ने व्यवस्था पर्याप्त र भरपर्दाे भएको,
(ढ) आवधिक आर्थिक विवरण समयमा तयार भएको र समयमा पेश हुने गरेको ।
(२) उपनियम (१) बमोजिम भए वा नभएको कुरा आर्थिक कारोवार गर्नु अघि विचार पु¥याउनु पर्नेछ र कारोवार तथा लेखाड्ढन भएपछि पनि भए गरेका कारोबारमा आन्तरिक जा“च गरी वा गराई ठीक छ भन्ने कुरामा विश्वस्त हुनु पर्नेछ ।